Madhes Khabar
खेलकुद

भारतविरुद्धको टेष्ट सिरिजमा न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

तस्बिर : स्पोर्टिङ न्यूज ।

काठमाडौं,१८कार्तिकःभारत विरुद्धको तीन टेस्ट क्रिकेट सिरिज न्युजिल्यान्डले क्लिन–स्विप गरेको छ । आइतबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतलाई २५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज क्लिन–स्विप गरेको हो ।

मुम्बईको वानखडे स्टेडियममा जितका लागि १ सय ४७ रन पछ्याएको भारत १ सय २१ रनमै अलआउट भयो । सन् २००० यता घरेलु सिरिजमा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो ।

तीन टेस्टको सिरिजमा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो । तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तलाई छाडेर अरू केही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । उनले ६४ रन बनाए । यस्तै दोहोरो अंक छुने अन्य ब्याटरमा कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन मात्र बनाउन सके ।

दोस्रो पारीमा भारत २९.१ ओभर मात्रै टिकेको थियो । न्युजिल्यान्डका लागि एजाज पटेलले ५७ रनमा ६ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले ३ र म्याट हेनरीले १ विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो पारीमा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो ।

Related posts

तेश्राे वान डे मा वेस्ट इन्डिजलाई हराउदैं भारतले जित्याे सिरिज

MadhesKhabar

नेदरल्यान्ड्ससंग नेपाल १६७ रनमै अलआउट

MadhesKhabar

नेपाल विश्वकप एसिया छनोटको उपविजेतामै सिमित

MadhesKhabar

Leave a Comment