Madhes Khabar
खेलकुद

नेपाल विश्वकप एसिया छनोटको उपविजेतामै सिमित

काठमाडौं,६जेठःआईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसंगको अन्तिम खेलमा नेपालले हार बेहोरेको छ ।

मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसंग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्यो ।

थाइल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा अविवजित रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् ।

बलिङ्तर्फ थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन् । त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन् ।

त्यसअघि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् ।नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिए ।

नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा भने आ–आफ्नो स्थान पक्का गरिसकेका छन् । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।

 

Related posts

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १३८ रनले पराजित

MadhesKhabar

श्रीलंकामाथि नेपालकाे सानदार जित

MadhesKhabar

समुह विजेता बन्दै भारत सेमिफाइनलमा , बंगलादेश ७१ रनले पराजित

MadhesKhabar

Leave a Comment