Madhes Khabar
खेलकुद

तेश्राे वान डे मा वेस्ट इन्डिजलाई हराउदैं भारतले जित्याे सिरिज

वीरगन्ज ,१७साउन: भारतले वेस्ट इन्डिजविरूद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ।

मंगलबा राति भएकाे तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजविरुद्ध २ सय रनको फराकिलो जित निकाल्दै भारतले सिरिज जितेको हो।

यसअघि पहिलो खेल भारतले जित्दा दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

मंगलबार राति भएकाे खेलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३५१ रन बनाएकाे थियाे । भारतका लागि इशान किसनले ७७ रन र शुभमन गिलले ८५ रन जोडे। यस्तै सन्जु सामसनले ५१ रन र हार्दिक पाण्ड्याले नटआउट ७० रन बनाए।

३५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ ओभरमा अलआउट हुदै १५१ रनमात्र बनाएपछि खेल भारतले जितेकाे हाे। वेस्ट इन्डिजका लागि अथानेजले ३२ रन र गुडाकेशले नटआउट ३९ रनको योगदान गरे।

बलिङमा भारतका शार्दूल ठाकुरले ४ विकेट र मुकेश कुमारले ३ विकेट लिए।

Related posts

नारायणी रंगशालाको पुर्ननिर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसंग वीरगन्जबासी र मेयर सिंहको आग्रह

MadhesKhabar

ठोरीमा जारी” तिजकप” फुटबलको फाइनलमा वनशक्ती युवा क्लब

MadhesKhabar

जगरनाथपुर गाँउपालिकामा आयोजित अध्यक्ष कपको उपाधि जागृत युवा क्लबले जित्यो

MadhesKhabar

Leave a Comment