
वीरगन्ज,१७बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि फराकिलाे जित हात पारेको छ ।
चेन्नईकाे एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादलाई चेन्नई ७८ रनले हराएको हाे ।
चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.४ ओभरमा अल आउट हुदैं १ सय ३४ रनमात्र बनायाे।
हैदराबादका लागि एडेन माक्ररमले २६ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक २६ रन बनाए । हेनरिक केलसनले २१ बलमा १ छक्काको सहयोगमा २० रन बनाए । अब्दुल समादले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए । अभिषेक शर्मा र नितिशकुमार रेड्डीले समान १५/१५ रन बनाए ।
चेन्नईका लागि तुसार देशपान्डेले चार तथा मथिशा पथिराना र मुस्ताफिजुर रहमानले समान दुई दुई विकेट लिए । शार्दुल ठाकुर र रविन्द्र जडेजाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ५४ बलमा १० चौका र ३ छक्काको सहयोगमा ९८ रन बनाए ।मिचेलले ३२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।शिभम दुबेले २० बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।
हैदराबादका लागि टि नटराजन, जयदेव उन्नादकड र भुवनेश्वर कुमारले समान एक एक विकेट लिए ।
नौ खेलमा पाँचौ जित निकालेको चेन्नई अंक तालिकाको तेस्रो स्थानमा छ । नौ खेलमा चौथो हारका साथ हैदराबाद चौथो स्थानमा झरेको छ ।

