Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

वीरगन्ज,०३माघःजय ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा बिहीबार सकिएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।

गत वर्ष भएको प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीलाई नै ६ विकेटले हराएर उपाधि जितेको पुलिसले जय ट्रफीको फाइनलमा आर्मीलाई नै स्तब्ध पार्दै च्याम्पियन बनेको हो ।

जय ट्रफीको त्रिदिवसीय फाइनल खेलमा पुलिस दिएको १०३ रनको लक्ष्य पछ्याउँदै बिहीबार दोश्रो इनिङ्सको ब्याटिङ गरेको आर्मीले २९.२ ओभरमा अलआउट हुदैं ७४ रनमात्र बनाएपछि उपाधि पुलिसको पोल्टामा गएको हो ।दोस्रो इनिङ्समा आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

आर्मीलाई ७४ रनमै अलआउट गर्नमा पुलिसका बलर सागर ढकालको भूमीका महत्वपूर्ण रह्रयो । ढकाल एक्लैले ६ विकेट लिए । १४.२ ओभर बलिङ् गरेका उनले ३५ रनमात्रै खर्चिए । यस्तै ललित राजवंशीले पनि ४ विकेट लिए ।

पुलिसले पहिलो इनिङ्समा १३३ र दोस्रो इनिङ्समा १३९ रन बनाएको थियो । आर्मीले भने आफ्नो पहिलो इनिङ्समा १७० रन बनाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडी आर्मीका बलर साहब आलम (३३ विकेट) घोषित भए ।यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मधेस प्रदेशका मयन यादव र उत्कृष्ट बलर आर्मीकै साहब आलम घोषित भए ।

प्रतियोगिताको समापन समारोहमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले उपाधि विजेता पुलिसका खेलाडीलाई ट्रफी र मेडल प्रदान गरे ।मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, क्यानका केन्द्रिय सदस्य दाउद अन्सारी, पर्सा क्रिकेट संघका अध्ध्यक्ष मनिष सिंह,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतकाकोपनि सहभागिता थियो ।

रेड बल र ह्वाइट जर्सीको प्रयोग गरिएको दुई दिवसीय जय ट्रफी एलिट कप पुस २१ ग्तेदेखि सुरु भएको थियो । वीरगन्ज र जनकपुरमा आयोजित प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।

Related posts

विराट कोहलीले ड्रेसिङ रूममै आएर लगाइदिए आसिफ शेखलाई मेडल

MadhesKhabar

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतकाे अभाव भएपछि ३९ जनाले गरे रगत दान

MadhesKhabar

नारायणी अस्पतालमा ५ बर्षदेखि भवन नबनेपछि डाक्टर र नर्सहरुले अवरुद्ध पारे त्रिभुवन राजपथ

MadhesKhabar

Leave a Comment