Madhes Khabar
राजनीति हेडलाइन

जेनजी अगुवा सुदन गुरुङले घरमै पसेर फेरि जलाइ दिने धम्की दिएको भन्दै किसान श्रेष्ठले मागे सुरक्षा

वीरगन्ज,६मंसिरःबारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद तथा नेकपा एमालेका नेता किसान श्रेष्ठले जेनजी अगुवा सुदन गुरुङले बाराको सिमरास्थित आफ्नो घरमा छिरेर फेरि घर जलाई दिने धम्की दिएको बताएका छन् ।

शनिबार बिहान जेजनजी अगुवा गुरुङसहितका केहि युवाहरु सिमरास्थित श्रेष्ठको घरमा गएका थिए । तर त्यहाँ उनले निर्वतमान सांसद श्रेष्ठलाई भने भेट्न पाएनन् । श्रेष्ठ अहिले काठमाडौंमा रहेका कारण भेट्न नसकेका गुरुङले सञ्चारकर्मीहरुसंगको कुराकानीमा श्रेष्ठले जेनजी युवाहरुलाई धम्क्याउँदै आएकाले उनिसंग भेट्न आएको प्रतिक्रिया दिएका थिए ।

शनिबार अपरान्ह आफ्नो फेसबुक पेजमा स्टाटस पोष्ट गर्दै एमाले नेता तथा निर्वतमान सांसद श्रेष्ठले आँफु पार्टीको कामको शिलशिलामा काठमाडौं रहेको मौका छोपी जीतपुरसिमरा–४ औराहास्थित आफ्नो घरमा प्रवेश गरी सुदन गुरुङले फेरि घर जलाइदिने धम्की दिएको बताएका छन् । उनले जेनजीका नाममा भैरहेको आतंक रोकी शान्ती सुरक्षाको प्रत्याभुती गराइदिन नेपाल सरकारसंग मागपनि गरेका छन् ।

श्रेष्ठले लेखेका छन् : यहि मंसिर ३ र ४ सिमरामा घटेको घटना प्रति गहिरो दुःख व्यक्त गर्दछु र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र घाईते हरुको उपचारको उचित व्यवस्था गर्नको लागी सरकार सँग माग गर्दछु ।

म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपि आज मंसिर ६ गते मेरो जीतपुरसिमरा –४ औराहामा रहेको मेरो घरमा जेनजी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाईएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरी जलाउँछु भन्दै तेरो नेता लाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोरभत्र्सना गर्दछु । यसरी जेनजीका नाममा भैरहेको आतंक रोकी शान्ती सुरक्षाको प्रत्याभुती गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु ।

Related posts

पर्सामा लज्जास्पद हार व्यवहोरेको एमालेमा भाँडभैलो : केन्द्रिय सदस्य र जिल्ला सचिव सहित ४२ लाई कारबाही

MadhesKhabar

कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान तिव्र

MadhesKhabar

सरकारले थालेको सुशासन अभियानलाई असफल पार्ने षडयन्त्र भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

Leave a Comment