Madhes Khabar
समाज हेडलाइन

ठाेरीका क्यान्सर पिडित तमाङका लागि ५ दिनमै साढे ११ लाख रुपैयाँ सहयोग संकलन

वीरगन्ज,१५फाल्गुन:पर्साकाे ठोरी गाँउपालिका वडा नम्बर १ का क्यान्सर पिडित विनोद तमाङको उपचार खर्चका लागि पाँच दिनमै दाताहरुबाट साढे ११ लाख रुपैयाँ सहयाेग संकलन भएकाे छ।

क्यान्सर राेगबाट ग्रस्त तमाङ दुई महिनादेखि काठमाडौंकाे छाउनी अस्पतालमा उपचाररत छन्।आर्थिक अवस्था विपन्न रहेका तमाङकाे उपचारका लागि सहयाेगकाे सार्वजनिक अपिल गरिएकोमा हालसम्म देशभरबाट ११ लाख ५१ हजार १ सय ६२ रुपैया संकलन भएको अभियन्ता सुरज लामाले बताए ।सहयोग रकम आफूहरुले सोचे भन्दा अत्यन्त उत्साहजन रुपमा संकलन भईरहेको लामाले बताए।

हाल सम्म सबैभन्दा बढी बर्दियाकाे बासगढी-१ का अमृत ठकुरीले ५१ हजमर १ सय ११ रुपैयाँ सहयाेग गरेको लामाले जानकारी दिए।

तमाङकाे उपचार नेपालमा संम्भव नभएर भारतमा लैजानु पर्ने भएकोले सहयोग संकलन अभियान चलाइएकाे अभियन्ता लामाले बताए।चिकित्सका अनुसार,तमाङकाे उपचारमा ३५ देखि ४० लाख रुपैयाँ लाग्ने भएकाले सहयाेग कार्यलाई जारी राख्न लामाले सबैमा अपिल गरेका छन्।

Related posts

बहुदरमाईका मेयर तेलीले गरे पदकाे दुरुपयाेग : छाेराकै घर भाडामा लगाएर नगरपालिकाबाट मासिक ४२ हजार उठाँउदै

MadhesKhabar

मधेसमा चिसोले चार वर्षमा ८० को मृत्यु , गरिब र दलितका लागि कहाँ छ सरकार ?

MadhesKhabar

ठाकुरराममा पैसा लिएर परीक्षा पास गराउने धन्दाको फेरि अर्को खुलासा

MadhesKhabar

Leave a Comment