Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराममा पैसा लिएर परीक्षा पास गराउने धन्दाको फेरि अर्को खुलासा

वीरगन्ज,०१ भदौं :वीरगन्जमा त्रिभुवन विश्वविद्यालयको परीक्षामा रकम लिएर विद्यार्थीलाई पास गराउने धन्दाको फेरि अर्को खुलासा भएको छ ।शुक्रबार भएको बिबिएस दाश्रो वर्षको लेखा विषयको परिक्षामा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षार्थीबाट रकम लिएर प्रश्नपत्र आउट गरी उत्तर मोबाइलको ह्वाट्सअप ग्रुपमा पठाउने गरिएको रहस्यको खुलासा भएको हो ।

यसअघि गत बुधबारपनि ठाकुरराम क्याम्पसकै विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउनका लागि उत्तरपुस्तिका (कापी) नै हेरफेर गर्दै गरेको अवस्थामा प्रहरीले क्याम्पसको परीक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र परिक्षा केन्द्रका केन्द्राध्यक्ष विनोद स्वर्णकारलाई रंगेहात पक्राउ गरेको थियो ।

शुक्रबार तेश्रो दिनको परीक्षामा भने मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर लेखिरहेका परीक्षार्थीहरुबाट १ सय ५० वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको बिबिएस दोश्रो वर्षको परीक्षा गत बुधबारदेखि वीरगन्जस्थित त्रिजुद्ध माविमा चलिरहेको छ । परीक्षाको तेश्रोदिन शुक्रबार लेखा विषयको परीक्षा थियो । परीक्षा चलिरहेका बेला मोबाइलको ह्वाट्सअप ग्रुपबाट उत्तर सारिरहेको अवस्थामा प्रहरीले परीक्षार्थीहरुबाट १५० थान मोबाइल नियन्त्रणमा लिएको हो ।

प्रहरीले एक जना परीक्षार्थीलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ११ घर भएका ठाकुरराम क्याम्पसकै परीक्षार्थी सिद्धार्थ चौधरी रहेका छन् । चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

शुक्रबार मोबाइलको ह्वाट्सअप ग्रुपबाट उत्तर सार्ने परीक्षार्थीहरुबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइलहरु भने परिक्षा केन्द्रका केन्द्राध्यक्ष नवीन श्रीवास्तवले सम्बन्धित विद्यार्थीहरुलाई नै फिर्ता दिएका छन् ।

जबकि त्रिभुवन विश्वविद्यालय परीक्षा नियमावलीमा परिक्षाहल भित्र परीक्षार्थीले परीक्षाको मर्यादा भंग हुने किसिमको कुनै गतिविधी गरेको फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा नै रद्ध गर्नसक्ने वा कारबाहीका लागि त्रिवि परीक्षा बोर्डमा सिफरिस गर्न सक्ने अधिकार परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई रहेको ठाकुरराम क्याम्पसकै क्याम्पस प्रमुख रञ्जित यादवले बताए ।

तर केन्द्राध्यक्ष मिश्रले भने मोबाइल्को ह्वाट्सअप ग्रुपमा आएको उत्तर उत्तरपुस्तिकामा सारिरहेकै अवस्थामा भेटिएका परीक्षार्थीहरुलाई कुनै कारबाही नगरी परिक्षा सकिएपछि मोबाइलहरु फिर्ता दिनुले उनको भूमीकामाथि पनि प्रश्न तेर्सिएको छ ।
मिश्र स्वंयले पनि परिक्षा हलभित्रै परीक्षार्थीले ह्वाट्सअप ग्रुप मार्फत मोबाइलमा आएको उत्तर सारिरहेको अवस्थामा प्रहरीले १ सय ५० थान मोबाइल नियन्त्रणमा लिएर आफुलाई जिम्मा लगाएको स्वीकारे । तर परीक्षा सकिएपछि ती मोबाइल सम्बन्धित परीक्षार्थीहरुलाई फिर्ता गरिदिएको उनले बताए ।

शुक्रबार त्रिजुद्ध माविमा सञ्चालित ठाकुररामको परिक्षामा परीक्षार्थीहरुबाट मोबाइल नियन्त्रणमा लिएर केन्द्राध्यक्षको जिम्मा लगाएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले भने,‘ मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर सारिररहेको भेटिएपछि १५० थान मोबाइल नियन्त्रणमा लिएर हामीले केन्द्राध्यक्षलाई जिम्मा लगायौं , एक जना परीक्षार्थीलाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्यायौं । त्यसपछि केन्द्राध्यक्षले के गर्नु भयो ? त्यसबारे जानकारी भएन ।

जिुद्ध मावि परिक्षा केन्द्रबाट शुक्रबार नियन्त्रणमा लिइएका मोबाइलको प्रारम्भिक अनुसन्धान गर्र्दा उक्त ह्वाट्स ग्रपुमा १ हजार २२ जना परीक्षार्थीको मोबाइल नम्बर जोडिएको पाइएको प्रहरी निरीक्षक शिवाकोटीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त ह्वाट्सअप ग्रुपको एड्मीन दुई जना छन् । दुवै एड्मीनको मोबाइल नम्बर एनसेलको छ । अनुसन्धान प्रभावित हुने भएकाले प्रहरीले एड्मीनको मोबाइल नम्बर खुलाउन चाहेको छैन । प्रहरी निरीक्षक शिवाकोटीले भने,‘ एड्मीन रहेका दुवै नम्बर हामीले साइबर ब्युरोमा पठाइसकेका छौ । ब्युरोको अनुसन्धानमा सबै कुरा खुल्छ ।

प्रहरी श्रोतका अनुसार, उक्त ह्वाट्सअप ग्रुपको एड्मीन बनेर चलाएका व्याक्तिले प्रत्येक विषयको परीक्षा हुने दिनको लागि परीक्षार्थीबाट ३ देखि ५ हजार रुपैयाँ लिएर ग्रुपमा परीक्षार्थीको मोबाइल नम्बर जोड्ने गरेका छन् ।

परीक्षा सुरु भएलगत्तै ग्रुपमा जोडिएको परीक्षार्थीको मोबाइलमा प्रश्ननपत्र अनुसार उत्तर क्रमश आउन सुरु भइ हाल्ने रहेछ , एक प्रहरी अधिकृतले भने,‘ यसको मतलब प्रश्नपत्र परीक्षाको एक वा दुई दिन अगावै आउट भएको हुनुपर्छ । त्यसैले त परीक्षाहलमा परीक्षा सुरु हुने बित्तिक्कै मोबाइलको ह्वाट्सअप ग्रुपमा उत्तरहरु लेखेर आउन सुरु भइ हाल्दो रहेछ ।

काठमाडौंबाट त्रिभिुवन विश्वविद्यालयको परीक्षा बाोर्डले पठाएका प्रश्नपत्र सम्बन्धित क्याम्पसले प्रहरीको सुरक्षामा नराखी आफैंले राख्ने गरेको छ । परीक्षाको दिनमात्रै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा केहि समय मात्र पहिले ल्याएर प्रश्नपत्रको खाम खोल्ने गरिएको पाइएको ती प्रहरी अधिकृतले बताए ।क्याम्पसमा प्रश्नपत्र राखिएकै समयमा त्यहाबाट आउट गर्ने गरिएको आशंका ती प्रहरी अधिकृतको छ ।

उनले भने,‘ ठाकुरराम क्याम्पसमा रकम असुलेर परीक्षामा पास गराउने धन्दा संस्थागत रुपमै चल्दै आएको रहेछ । यो धन्दा चलाउने एउटा गिरोह नै छ ।त्यहि गिरोहका दुई जनालार्य गत बुधबार पपक्राउ गरिसक्यौ । त्यो गिरोहमा अरु को को संलग्न छन् भनेर हामीले अनुसन्धान गरिरहेका छौं । धेरै जनाको त पहिचानपनि भइसकेको छ । जरैसम्म पुग्नु पर्ने भएकाले उनिहरुको नाम अहिले नखुलाइएको हो ।

यसअघि गतबुधबार ज्ञिजुद्ध मावि परिक्षा केन्द्रबाटै पक्राउ परेका ठाकुरराम क्याम्पसका परिक्षा शाखाका पूर्व प्रमुख यादव र परिक्षा केन्द्रका केन्द्राध्यक्ष स्वर्णकार दुवै जना विरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइसकिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

 

Related posts

रवि लामिछानेले भने : मेरो विरुद्ध मिडियाहरु लागे , अदालतलाई प्रभावित पारे

MadhesKhabar

जेनजी आन्दोलनका कारण वीरगन्ज भन्सारलाई राजस्व संकलनमा १ अर्ब ५३ करोड घाटा

MadhesKhabar

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

Leave a Comment