वीरगन्ज,२७असाेज:पर्साकाे पाेखरियामा आइतबारदेखि सुरु पाेखरिया गाेल्डकप फुटबलमा वीरगन्ज सिटी क्लबले विजयी सुरुवात गरेकाे छ।पाेखरिया-४ स्थित विद्यालयकाे खेलमैदानमा भएको उद्घाटन खेलमा वीरगन्ज सिटी क्लबले ठाेरीकाे वनशक्ती युवा क्लबलाई ३-१ गाेलले पराजित गरेकाे हाे।
दसैं,दिपावली र छठ पर्वकाे उपलक्ष्यमा पाेखरिया-४ काे वडासमिति कार्यालय र नवदूर्गा पूजा समितिले आयाेजना गरेकाे फुटबल प्रतियाेगिताकाे उद्घाटन मधेस प्रदेशका भूमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।
प्रतियोगितामा साेमबार बाराकाे सिमरा र पर्साकाे बढ्निहारबिच प्रतिस्पर्धा हुनेछ।कार्तिक ४ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् ।
असाेज ३० गते उक्त खेलमैदानमै विराट दंगल कुश्तीपनि हुने वडाध्यक्ष तथा नवदूर्गा पूजा समितिका अध्यक्ष लक्ष्मण साह कानुले जानकारी दिए।
कानुकै अध्यक्षतामा भएकाे प्रतियोगिताको उद्घाटन समाराेहमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम विशिष्ट अतिथी रहेका थिए भने कार्यक्रममा पाेखरिया नगरपालिकाका मेयर प्रदुमन चाैहान,पूर्वमेयर दिपनारायण राैनियार लगायतकाकाे पनि विशेष उपस्थिती रहेकाे थियाे ।

