Madhes Khabar
खेलकुद

बिहारकाे जय हिन्दलाई हराउँदै पर्साकाे निचुटाले उचाल्याे `परसवा गाेल्डकप´काे उपाधि

वीरगन्ज,२५कार्तिक: ७ औं परसवा गोल्डकप फुटबलको उपाधि पर्साकाे निचुटाले जितेकाे छ।पर्साकाे जिराभवानी गाउँपालिका वडा नंबर ३ परसवास्थित खेलमैदानमा शनिबार भएकाे फाइनल खेलमा भारत बिहारकाे जय हिन्द एभरेष्ट क्लब इनरवालाई १-० गाेलले पराजित गर्दै निचुटाले उपाधि जीतेकाे हाे ।

निक्कै प्रतिस्पर्धात्मक खेलकाे दाेस्राे हाफकाे २६ ओैं मिनेटमा निचुटाका लागि विवेक चाैधरीले गरेकाे एकमात्र गाेल नै निर्णायक बन्याे।

उपाधिसंगै निचुटाले नगद ३ लाख ५० हजार र उपविजेता जय हिन्द एभरेष्ट क्लबले नगद १लाख ५० हजार रुपैयाँ प्राप्त गर्याे ।

फाइनल खेलकाे म्यान अफ दी म्याच निचुटाका सागर चाैधरी घाेषित भए।
।

प्रतियोगिताको म्यान अफ द सिरिज जय हिन्द एभरेष्ट क्लब इनरवाका लियो घोषित भए। लियोलाई चाँदीको बल प्रदान गरियो। त्यस्तै प्रतियोगिताकाे बेष्ट स्कोरर निचुटाका सागर चौधरी घोषित भए। चौधरीलाई चाँदीको जुत्ता प्रदान गरियो।

आयोजक क्लबका अध्यक्ष उमाकान्त चौधरीको अध्यक्षतामा भएकाे प्रतियोगिताको समापन समाराेहमा उपाधि विजेता र उपविजेता टिमलाई गाँउपालिका अध्यक्ष अनाेज चाैधरीले ट्रफी र मेडल प्रदान गरे।

Related posts

भारतमा आयाेजित टी-२० सिरिजकाे ‘म्यान अफ दि टुर्नामेन्ट´ गुलशन झा

MadhesKhabar

पहिलाे पटक विश्वकप खेलिरहेकाे केप भर्डे नकआउट चरणमा प्रवेश

MadhesKhabar

अस्ट्रेलियासंगको चौथो टेस्टको पहिलो पारीमा भारतको उत्कृष्ट पुनरागमन

MadhesKhabar

Leave a Comment