Madhes Khabar
खेलकुद

अस्ट्रेलियासंगको चौथो टेस्टको पहिलो पारीमा भारतको उत्कृष्ट पुनरागमन

तस्बिर :क्रिकइन्फाे।

काठमाण्डाै,१३पुस:अस्ट्रेलियासँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ । ताजा अवस्थामा भारतले ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको छ ।

२ सय २१ रनमा ७ विकेट गुमाएको अवस्थाबाट आठौं विकेटका लागि नीतीश कुमार रेड्डी र वाशिङ्गटन सुन्दरले १ सय २७ रनको साझेदारी गरे । भारत अझै १ सय २६ रनले पछि छ । अहिले नीतीश ९७ रन बनाएर क्रिजमा छन् । वाशिङ्गटन ५० रन बनाएर आउट भए ।

यसअघि भारतका यशस्वी जयसवाल ८२, विराट कोहली ३६, ऋषभ पन्त २८, केएल राहुल २४ रनमा आउट भए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ३, कप्तान प्याट कमिन्सले २ विकेट लिए ।

यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक तथा साम कोन्स्टास, उस्मान ख्वाजा, मार्नुस लाबुशेनले अर्धशतक बनाए । भारतका जसप्रीत बुमराहले ४ विकेट लिए ।

पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा १–१ को बराबरी छ ।

Related posts

वीरगन्जलाई पाखा लगाउँदै काठमाडौं अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलको फाइनलमा

MadhesKhabar

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

MadhesKhabar

पाकिस्तानमाथि भारतकाे फराकिलाे जित

MadhesKhabar

Leave a Comment