
काठमाण्डाै,१३पुस:अस्ट्रेलियासँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ । ताजा अवस्थामा भारतले ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको छ ।
२ सय २१ रनमा ७ विकेट गुमाएको अवस्थाबाट आठौं विकेटका लागि नीतीश कुमार रेड्डी र वाशिङ्गटन सुन्दरले १ सय २७ रनको साझेदारी गरे । भारत अझै १ सय २६ रनले पछि छ । अहिले नीतीश ९७ रन बनाएर क्रिजमा छन् । वाशिङ्गटन ५० रन बनाएर आउट भए ।
यसअघि भारतका यशस्वी जयसवाल ८२, विराट कोहली ३६, ऋषभ पन्त २८, केएल राहुल २४ रनमा आउट भए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ३, कप्तान प्याट कमिन्सले २ विकेट लिए ।
यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक तथा साम कोन्स्टास, उस्मान ख्वाजा, मार्नुस लाबुशेनले अर्धशतक बनाए । भारतका जसप्रीत बुमराहले ४ विकेट लिए ।
पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा १–१ को बराबरी छ ।

