Madhes Khabar
खेलकुद

वीरगन्जलाई पाखा लगाउँदै काठमाडौं अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलको फाइनलमा

फाेटाे: ईशीलालेख डटकमबाट

सिमरा,१२असाेज: काठमाडौंको फ्रिडम फाईटर क्लब,बाराकाे सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रबार बेलुकी भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्ज पर्सालाई ७-२ को फराकिलो अन्तरले हराउँदै काठमाडौं फाइनलकाे यात्रा तय गरेको हो ।

काठमाडौंको जीतमा विकर्ण श्रेष्ठ एक्लैले पाँच गोल गरे । खेलको पहिलो हाफमा एक गोल गरेका श्रेष्ठले थप चार गोल दोस्रो हाफमा गरेका थिए । काठमाडौंका लागि अन्य दुई गोल सरोज थापा र कलम बिष्टले गरेका हुन् ।

यता वीरगन्जका लागि सन्तोष राई र सुरज श्रेष्ठले समान एक/एक गोल गरे । उक्त खेलको म्यान अफ दि म्याच काठमाडौंका लागि पाँच गाेल गरेका श्रेष्ठ घोषित भए ।

काठमाडौंले अब उपाधीका लागि फाइनलमा आयोजक सिमरा भेट्रान क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।फाइनल खेल शनिबार हुनेछ। पहिलो सेमिफाइनल खेलमा चाबहिल स्पोर्ट्स क्लबलाई ३-२ ले पराजित गर्दै आयोजक सिमरा अन्तिम दुईमा प्रवेश गरिसकेको छ ।

स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिताको उपाधी विजेता टिमले दुई लाख र उपविजेता टिमले एक लाख नगद प्राप्त गर्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालीको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

Related posts

नारायणी रंगशालाको पुर्ननिर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसंग वीरगन्जबासी र मेयर सिंहको आग्रह

MadhesKhabar

आर्मीलाई हराएर पुलिस बन्यो ‘प्रथम वीरगन्ज गोल्डकप’ को च्याम्पियन

MadhesKhabar

वीरगन्जमा जारी टि-२० क्रिकेट: नाेयडासंग युपी ७ विकेटले पराजित

MadhesKhabar

Leave a Comment