Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी टि-२० क्रिकेट: नाेयडासंग युपी ७ विकेटले पराजित

वीरगन्ज,१०पुष: वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे पहिलो खेलमा भारतकाे वन्डर्स क्लब नोयडा विजयी भएकाे छ।नाेयडाले भारतकै युपी– ११ लाई ७ विकेटले हराएकाे हाे।
नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएको खेलमा युपी–११ ले दिएको ११५ रनको लक्ष्य नोयडाले १५ ओभर खेल्दै केवल ३ विकेटको क्षतिमा पूरा गर्याे।
नोयडाका लागि हर्षित सेठील सर्वाधिक अविजित ४५ रनकाे याेगदान दिए ।उनले ३१ बलमा ४५ रन बनाए। सिद्धार्थ गोस्वामीले २२ बलमा २७ रन र उजैर मल्लिकले २६ बलमा २२ रन जोडे।
बलिङतर्फ युपी–११ का सत्या तिवारी एक्लैले दुई विकेट लिए भने सहिम हसनले एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको युपी– ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियाे।युपी– ११ का लागि  जयदीप सिंहले ३२ बलमा २३ रन,अत्समास आलमले १४ बलमा १६ रन र समीर अन्सारीले १८ बलमा १४ रन बनाए।
बलिङतर्फ नोयडाका सञ्जीव चतुर्वेदी र शशांक शेखरले समान दुई- दुई विकेट लिए।

Related posts

एसियाली खेलकुद: क्रिकेटको उपाधिका लागि फाइनलमा आज भारत र अफगानिस्तान खेल्दै

MadhesKhabar

पर्सामा ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको तदर्थ कमिटी गठन

MadhesKhabar

विश्वकप क्रिकेटकाे इतिहासमा बंगलादेशले पहिलाे पटक हरायाे श्रीलंकालाई

MadhesKhabar

Leave a Comment