Madhes Khabar
खेलकुद

पर्सामा ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको तदर्थ कमिटी गठन

वीरगन्ज ,१२ फाल्गुन:राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेकोे ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन गरिएको छ ।

वीरगन्जमा शुक्रबार भएको भेलाले ई – सुरज यादवकाे अध्यक्षतामा स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको ७ सदस्यीय तदर्थ कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा राजन गुप्ता ,सचिवमा सदाम हुसेन र कोषाध्यक्षमा अतुल श्रीवास्तवलाई चयन गरिएको छ। यस्तै सदस्यहरुमा विशाल सिंह बोगटी ,  बिपिन चौधरी र अंकित चौधरी रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजराको प्रमुख अतिथ्यता तथा ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालका केन्द्रिय सचीव सजिव भट्टराईको विशेष उपस्थितिमा सम्पन्न भेलामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत,नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटीका सह-सचिव अमन कुमार पटेल लगायतकोपनि उपस्थिति रहेकोे थियो ।

Related posts

टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै नेपालले रच्याे इतिहास

MadhesKhabar

क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल साह र देव खनाल टिममा समेटिए

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment