Madhes Khabar
खेलकुद

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली टाेलीकाे घाेषणा, सन्दीपलेपनि खेल्ने

फाइल फाेटाे

वीरगन्ज,११कार्तिक:स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। सोमबारदेखि किर्तिपुर र मुलपानी मैदानमा हुने आइसिसी टी – २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाल क्रिकेट संघले शनिबार बिहान लामिछानेसहितको अन्तिम नाम सार्वजनिक गरेको हो।

लामिछानेले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए। त्यसपश्चात लामिछाने हङकङ र युएईसँग त्रिकोणात्मक टी – २० आई सिरिजको टोलीमा सहभागी थिएनन्। नेपालले त्रिकोणात्मक सिरिजमा लिगमा युएई र हङकङ दुबैलाई लिगमा हराएपनि फाइनलमा भने युएईसँग चार विकेटले नेपाल पराजित भएको थियो।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गतेसम्म हुँदैछ। क्यानका अनुसार नेपाली टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका सूर्य तामाङ, श्याम (मौसम ) ढकाल, लोकेश बम र सागर ढकाल टिममा अटाएनन्।

समूह ‘ए’मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत छन्। नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि -२० विश्वकप खेल्न पाउनेछन्।

Related posts

पपुवा न्यूगिनी ९५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

MadhesKhabar

अन्तिम खेलमा पनि जनकपुरकाे हार,कर्णालीको रोमाञ्चक जित

MadhesKhabar

पुलिस क्लबले जित्याे जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधि

MadhesKhabar

Leave a Comment