Madhes Khabar
खेलकुद

अन्तिम खेलमा पनि जनकपुरकाे हार,कर्णालीको रोमाञ्चक जित

काठमाडौं,२१मंसिर: नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ।

 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो।

१३० रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले२० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए पनि जित दिलाउन सकेनन् । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाएको थियो ।

योसँगै कर्णालीले २ जित र ५ हारसहित छैटौँ स्थानमा रहँदै दोस्रो सिजनको एनपीएललाई टुंग्याएको छ ।

साबिक विजेता जनकपुर बोल्ट्सले अंक तालिकाको पुछारमा रहँदै एनपीएल टुग्याएको छ । जनकपुरले एक खेल मात्रै जित्न सक्यो ।

Related posts

फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

MadhesKhabar

वीरगन्ज स्कूल्स कप टी–२० क्रिकेटको उपाधि ग्रीन ल्याण्डले जित्यो

MadhesKhabar

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउदा भारत सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment