Madhes Khabar
खेलकुद

वीरगन्ज स्कूल्स कप टी–२० क्रिकेटको उपाधि ग्रीन ल्याण्डले जित्यो

वीरगन्ज,१७मंसिरःवीरगन्जमा आयोजित वीरगन्ज स्कूल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ग्रीन ल्याण्ड सेकेण्डरी स्कूलले जितेको छ ।

नारायणी क्रिकेट मैदनमा बुधबार भएको फाइनलमा खेलमा बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुललाई १ विकेटले पराजित गर्दै ग्रीन ल्याण्डले उपाधि जितेको हो ।

बाल एकताले दिएको १०५ रन लक्ष्य ग्रीन ल्याण्डले १६.४ ओभर खेल्दै ९ विकेटको क्षतिमा पुरा गर्यो । त्यसअघि पहिले व्याटिंग गरेको बाल एकताले २० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो।

प्रतियोगिताको उत्कृष्ट व्याटर बाल एकताका रोहित शाह,उत्कृष्ट बलर ग्रीन ल्याण्डका सोहेब खान, सर्वोत्कृष्ट खेलाडीपनि सोहेब खान घोषित भए ।

प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमका खेलाडीहरुलाई शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोतीप्रसाद भट्टराई, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, कुसानका उपाध्यक्ष वासु कर्ण, पत्रकार अभिलाष गुप्ता लगायतले पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

 

Related posts

लाओसलाई हराउँदै नेपाल विश्वकप फुटबल छनोटको दोस्रो चरणमा प्रवेश

MadhesKhabar

टी-२० विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज युएईसंग भिड्दै नेपाल

MadhesKhabar

आर्मीलाई हराउँदै पुलिसले जित्याे प्रधानमन्त्री कप क्रिकेटकाे उपाधि

MadhesKhabar

Leave a Comment