
वीरगन्ज,२६असाेज:ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज आइतबार) संयुक्त अरब इमिरेट्स (युएई)संग खेल्दै छ।
समूह विजेता हुँदै सुपर सिक्समा पुगेको नेपालले आज अपराह्न सवा ४ बजे आफ्नो चीर परिचित प्रतिद्वन्द्वी युएईसंग खेल्न लागेकाे हाे।
समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ। यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन।
अब सुपर सिक्समा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर सिक्समा गणना हुनेछ।
जसमा युएई, नेपाल र ओमानले सुपर सिक्समा २-२ अंक जोडिसकेका छन्।
दोस्रो खेलमा नेपालले कतारसंग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसंग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम खेलमा नेपालले सामोआसंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

