Madhes Khabar
खेलकुद

मधेस प्रदेश क्रिकेट लिगमा पर्सा र बाराकाे विजयी सुरुवात

वीरगन्ज,६जेठ: मधेस प्रदेश टी–२० क्रिकेट लिगमा पर्सा र बाराले बिजयी सुरुवात गरेका छन्।वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पर्साले महाेत्तरीलाई ४ विकेटले हराएको हाे।

महाेत्तरीले दिएको १०३ रनकाे लक्ष्य पर्साले केवल ६ विकेटको क्षतिमा पूरा गर्याे।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

यस्तै मंगलबार नै बाराकाे कलैयास्थित सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेलमा बाराले सप्तरीमाथि ७ विकेटको जित हात पारेको हो ।

कलैयास्थित सिद्धेश्वर मैदानमा टस जितेर ब्याटिङ रोजेको सप्तरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रन जोडेको थियो । सप्तरीका लागि अभिषेक कार्कीले ४३, रोहन विकले २८, विकास दासले २६, राहुल विकले २२ र भोला साहले १६ रन बनाए । बलिङतर्फ बाराका भुलावन सहनी र सिराज हवारीले ३/३ विकेट लिए भने कप्तान पवन सर्राफले दुई विकेट हात पारे ।

सप्तरीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाराले १४.१ ओभरमा तीन विकेट गुमाउँदै जित हात पार्यो । बाराका लागि निरज यादवले ६५ रन बनाए । ३८ बलको सामना गरेका निरजले ६ चौका र दुई छक्का प्रहार गरे । बाराका लागि पवन सर्राफले ४१ र साहिल पटेलले २० रन बनाएका थिए । अर्धशतक प्रहार गरेका निरज खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेस प्रदेश क्रिकेट संघले बारा र पर्साको दुई रंगशालामा खेल हुने गरी प्रतियोगिता सुरु भएको हो ।

वीरगन्जमा भएको खेलको उद्घाटन मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवाल र बारामा भएको खेलको उद्घाटन कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले गरेका थिए ।

Related posts

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो एकदिवसीय शृंखला

MadhesKhabar

बारालाई हराउँदै राैतहटले जित्यो जितपुरसिमरा क्रिकेट कपको उपाधि

MadhesKhabar

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

MadhesKhabar

Leave a Comment