Madhes Khabar
खेलकुद

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो एकदिवसीय शृंखला

चेन्नई,८चैत : तेस्रो तथा निर्णायक शृंखलामा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २-१ ले जितेको छ। भारतमा रहेको अस्ट्रेलियन टिमले वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृंखलामा हारकाे सुरुआत गरेको थियो।

तर, आइतबार बिशादापट्नममा भएकाे खेलमा भारतविरुद्ध १० विकेटको सानदार जित निकाल्दै भ्रमणकारी टिम अष्ट्रेलियाले शृंखला १–१ ले बराबरी गरेको थियो। बुधबार चेन्नईमा भएको निर्णायक एकदिवसीय खेलमा भारतविरुद्धको जितसँगै अस्ट्रेलिया च्याम्पियन बनेकाे हाे । एमए चिन्दाबरम स्टेडियममा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा २ सय ७० रनको योगफल पछ्याएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ मात्रै बनाउन सक्यो।

भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। यस्तै, वान् डाउनमा क्रिजमा उत्रिएका विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

त्यसबाहेक हार्दिक पाण्डेयाले ४० बलमा ४०, कप्तान रोहितले ३० र सुबनमले ३७ तथा केएल राहुलले ३२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अस्ट्रेलियाका लागि किफायती बलिङ गरेका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँदा अस्टोन एगरले दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए।

पहिलो इनिङमा भारतीय बलिङसामू संघर्षरत अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७ रनको इनिङ खेलेका थिए। ओपनिङमा उत्रिएका मार्सले ट्राभिस हेडसँग ६८ रनको साझेदारी गर्दै ४७ बलमा आठ चोका र एक छक्कासहित ४७ रन बनाए।

त्यसबाहेक विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रनको योगदान गरे।

भारतका लागि कुलदीप यादवले १० ओभरमा ५६ रन खर्चिएर एक मेडनसहित तीन विकेट लिए। यस्तै, आठ ओभरमा तीन विकेट लिन हार्दिकले ४४ रन खर्चिए।

मोहम्मद सिराज र अक्षर पटेलले दुई–दुई विकेट लिए।साभार:अन्नपुर्ण पाेष्ट

Related posts

आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको राेमाञ्चक जित

MadhesKhabar

आइपिएलमा पञ्जाबकाे विजयी सुरुवात

MadhesKhabar

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment