Madhes Khabar
खेलकुद

राेहितकाे किर्तिमानी शतकमा भारतकाे लगातार दाेस्राे जीत

वीरगन्ज,२४असाेज: आइसिसि विश्वकप क्रिकेटमा आयाेजक भारतले लगातार दाेस्राे जीत हात पारेकाे छ ।बुधबार भएकाे खेलमा अफगानिस्तानलाई ८ विकेटको फराकिलाे अन्तरले हराउँदै भारतले प्रतियोगितामा लगातार दाेस्राे जित हात पारेकाे हाे माथि सानदार जीत हात पारेको छ ।

दिल्लीकाे अरुण जेट्ली स्टेडियममा भएकाे खेलमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु भारतले ३५ ओभरमै कृवल २ विकेट गुमाएर भेट्टाएकाे हाे ।

भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान राेहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भए ।

यो रोहितको एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

यस्तै अफगानिस्तानविरुद्धको खेलमा विराट कोहली ५५ रनमा नट आउट रहे । ओपनर इशान किसन ४७ रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ‌ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।

विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल हुनेछ ।

Related posts

वडाध्यक्ष कानुको पहलमा खेलकुद मैदानको मर्मतसम्भार सुरु

MadhesKhabar

यूएईविरुद्ध कीर्तिमानी जित हात पार्दै नेपाल विश्वकप क्वालिफायरमा

MadhesKhabar

नेपालमै पहिलोपटक हुन लागेको एभरेष्ट महिला भलिबल लिगको ट्रफी वीरगन्जमा प्रदर्शन गरिने

MadhesKhabar

Leave a Comment