Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा जारी प्रधानमन्त्री कपमा सुदूरपश्चिममाथि मधेसको सानदार जित

वीरगन्ज,११ चैत : प्रधानमन्त्री कप राष्टिय पुरुष प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि सानदार जित हात पारेको छ ।वीरगन्जको नारायणी क्रिकेट मैदानमा बुधबार भएको खेलमा मधेसले सुदूरुपश्चिमविरुद्ध ५ विकेटको फराकिलो जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ६१ रनको लक्ष्य मधेसले ३३.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो। उसका लाथि अविजित ३६ रन बनाएर सुदूरपश्चिमको ३ विकेटसमेत लिएका अरनिको यादव खेलको म्यानअफ दी म्याच घोषित भए । यस्तै मधेसकै लागि महम्मद आदिलले ३४ रन र पवन सर्राफले २१ रनको योगदान दिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम भने ४३.२ ओभरमा १ सय ६० रनमै अलआउट हुन पुगेको थियो । उसका लागि अभिषेक पलले ३३ रन, नारायण जोसीले २३ रन र किरणले २३ रन बनाएका थिए । बलिंगतर्फ मधेसका अरनिको यादवले ३ विकेट लिएका थिए ।

 

Related posts

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

MadhesKhabar

जीतपुरसिमरा गोल्डकप फुटबलमा भरतपुरकाे विजयी सुरुवात

MadhesKhabar

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध

MadhesKhabar

Leave a Comment