Madhes Khabar
खेलकुद

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

तस्बिर : अन्नपूर्णपोष्ट

काठमाडौं,१७जेष्ठः क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान दोस्रो पटक आवेदन दिँदा पनि अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट संघले जनाएको छ।

एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।

निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता अमेरिकी दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।

त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए।तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो।बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई
अमेरिकाले पुनः भिसा दिन अस्वीकार गरेको हो ।

दूतावासको निर्णयपछि क्यानले अब के गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।लामिछानेले पुनरावेदन गर्दै गर्दा क्यानले मे २५ मा १५–सदस्यीय टोलीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो।

तर लेगस्पिनर लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ खेलाडीको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।

लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।

Related posts

विश्वकप क्रिकेटकाे इतिहासमा बंगलादेशले पहिलाे पटक हरायाे श्रीलंकालाई

MadhesKhabar

आरिफ र आसिफ मुस्लिम आयोगबाट सम्मानित

MadhesKhabar

वीरगन्ज सुपर लिग क्रिकेटमा पर्सा स्टार्स विजयी

MadhesKhabar

Leave a Comment