Madhes Khabar
खेलकुद

आरिफ र आसिफ मुस्लिम आयोगबाट सम्मानित

वीरगन्ज,७चैत : आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र आसिप शेखलाई राष्ट्रिय मुस्लिम आयोगले सम्मानित गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित मुस्लिम आयोगको चौथो वार्षिकोत्सव समारोहमा वीरगन्ज घर भइ राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आििरफ र आसिफलाई सम्मानित गरिएको हो । उक्त समारोहमा कार्यक्रमका प्रमुख अतिथी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र आयोगका अध्यक्ष समिम मियाँले दुवै खेलाडीलाई दोशल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरि सम्मानित गरेका हुन् ।
यसअघि विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गत आइतबार गृहनगर वीरगन्जमा आइ पुगेका आरिफ र आसिफलाई वीरगन्ज महानगरपालिकाले पनि भव्य स्वागत गर्दै सम्मानित पनि गरेको थियो ।

नेपाललाई विश्वकप क्वालिफायरमा पुरयाउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगन्ज महानगरले यहि चैत १७ गते वीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरिसकेको छ । उक्त समारोहमै यसअघि वीरगन्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान पनि गरि महानगरले जनाएको छ ।

Related posts

आसिफ शेखले अर्धशतक हानेको अभ्यास खेलमा नेपालको सानदार जित

MadhesKhabar

पर्सा स्ट्राइकरले जित्यो वीरगन्ज सुपर लिगको उपाधी

MadhesKhabar

अष्ट्रेलियाविरुद्ध भारतकाे सानदार जित

MadhesKhabar

Leave a Comment