Madhes Khabar
खेलकुद

अष्ट्रेलियाविरुद्ध भारतकाे सानदार जित

वीरगन्ज,५असाेज: भारतले एकदिवसीय क्रिकेट श्रृंखलाकाे पहिलाे खेलमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको छ । योसँगै तीन खेलको श्रृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

अष्ट्रेलियाले जितको लागि दिएकाे २ सय ७७ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे । भारतको जितमा ओपनर शुभमन गिलले ६३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए । अर्का ओपनर ऋतुराज गायकवाडले ७७ बलमा १० चौकासहित ७१ रन बनाए ।सूर्यकुमार यादवले ४९ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए। कप्तान लोकेश राहुलले ६३ बलमा ४ चौका र १ छक्कासहित अविजित ५८ रनकाे याेगदान दिए ।

बलिङतर्फ अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । शन एबोट र प्याट कमिन्सले एक एक विकेट लिए ।

त्यसअघि पन्जाब क्रिकेट एसोसिएसनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा २ सय ७६ रन बनाएको थियाे । ओपनर डेविड वार्नरले ५३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए ।

भारतका तीव्र गतिका बलर मोहम्मद शामीले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले एक एक विकेट लिए । दोस्रो खेल आइतबार इन्डोर र तेस्रो खेल बुधबार हुनेछ ।

Related posts

दुई पटकको विजेता जर्मनी पनि विश्वकपबाट बाहिरियो

MadhesKhabar

भारतका मोन्टी देसाइ नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गौरबको योजनामा राखिएन भने आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment