काठमाडौं,५कार्तिक:रेखा पौडेल र प्रिती राईको ह्याट्रिक प्रेरित खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत सोमबार काठमाडौं दशरथ रंगशालामा भएको खेलमा नेपालले गाेलकाे वर्षा गर्दै माल्दिभ्सलाई हराएको हाे।
नेपालका लागि रेखाले ५ गोल र प्रितीले ३ गोल गरिन्। यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक-एक गोल गरे।
रेखाले खेलको ३१, ४१, ४७, ६३ र ७८औं मिनेटमा गोल गरिन् भने प्रितीले ५, ६५ र ८७औं मिनेटमा गोल गरिन्। त्यस्तै सविताले खेलको २८औं, अनिताले ६८औं र अमिसाले ८८औं मिनेटमा गोल गरे। यससँगै नेपालले ४ अंक जोडेको छ। यसअघि भुटानसँगको खेलमा भने नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।

