Madhes Khabar
खेलकुद

पहिलाे टी-२० मा नेपालले अमेरिकालाई हरायो

तस्बिर :क्यान

काठमाडौं,२कार्तिक:पहिलो टी-२० क्रिकेट खेलमा नेपालले अमेरिकालाई हराएको छ ।अमेरिकाकै ग्राण्ड प्रेरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटिएपछि खेल नेपालले जित्यो ।

अमेरिकाका लागि शायन जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ४९,दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ २८, अनिल शाह र आसिफ शेखले समान २७/२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।

बलिङतर्फ अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले समान एक/एक विकेट लिए ।

Related posts

क्यानडामा नेपालकाे विजयी सुरुवात

MadhesKhabar

बंगलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य

MadhesKhabar

फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

MadhesKhabar

Leave a Comment