वीरगन्ज,२२मंसिरःवीरगन्जका दुई जना फुटबल प्रशिक्षक सुलभ जंग राणा र ग्रीष्म मणि शाक्य यु–१६ राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन । वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी सुलभ जंग राणा यु–१६ राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।
यस्तै वीरगन्ज महानगरपालिका–९ रानिघाट निवासी ग्रीष्म मणि शाक्यपनि सहायक प्रशिक्षकमा नियुक्त भएको अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले जानकारी दिए ।
उनका अनुसार भुटानको यु–१६ राष्ट्रिय महिला टोलीसँग यही डिसेम्बर २० मा हुने मैत्रीपूर्ण खेलको लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा उनीहरूलाई नियुक्त गरिएको हो ।शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नवनियुक्त प्रमुख प्रशिक्षक राणा र सहायक प्रशिक्षक शाक्यलाई नियुक्ति पत्र हस्तान्तरण गरिएको हो ।साभारःनयाँपत्रिका

