Madhes Khabar
खेलकुद

बाराले जित्याे मधेस क्रिकेट लिगकाे उपाधि

वीरगन्ज,१५जेठ: मधेस क्रिकेट लिग-१ को उपाधि बाराले जितेको छ ।वीरगन्जको नारायणी क्रिकेट म‌दानमा बिहीबार भएको फाइनल खेलमा सप्तरीलाई ६ विकेटले पराजित गर्दै बाराले उपाधि उचालेको हो ।

९४ रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बाराले १४.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्दै उपाधिमाथि कब्जा गरेको हाे।

त्यसअघि टस हारेर बलिङ पहिले ब्याटिङकाे निम्तो पाएकाे सप्तरीले २० ओभरमा अलआउट हुँदै गुमाएर ९३ रन मात्रै बनाएकाे थियाे ।

 

विजेता र उपविजेता टिमका खेलाडीलाई मधेस सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, मधेस प्रदेशसभासदस्य श्यामप्रसाद पटेल, बिना शर्मा, प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव शिवजी गुप्ता, नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा हालका मेनेजर विनोद दासलगायतले पुरस्कार वितरण गरेका थिए ।

जेठ ६ गतेदेखि आयोजना गरिएको प्रतियोगिताको प्लेयर अफ दि सिरिज र फाइनल खेलको प्लेयर अफ दि म्याच बाराका पवन सर्राफ घोषित भए । यसैगरी उत्कृष्ट बलर बाराका अरनिको यादव र उत्कृष्ट ब्याटर सिरहाका रुपेशकुमार सिंह घोषित भए ।

मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेस प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको थियाे।

Related posts

जनकपुरका कप्तान अनिल साह बने एनपिएलमा पहिलाे अर्धशतक हान्ने खेलाडी

MadhesKhabar

फाइनलमा हार्याे नेपाल,उपाधि जित्याे यूएईले

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment