
काठमाडौं,१७मंसिर:काठमाडौंमा जारी नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार साहले अर्धशतक प्रहार गरेका छन्। यससँगै उनी एनपीएलमा अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी समेत बने।
खेलको १२.३ ओभरमा कर्णाली याक्सका बलर जिसन मक्सुदको बलमा साहले छक्का प्रहार गर्दै आफ्नो र्धशतक पूरा गरेका हुन्।उनले ३६ बलमा ५० रन पूरा गरेका हुन्।

