Madhes Khabar
खेलकुद

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका बन्यो वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

तस्बिर : आईसीसी

काठमाडौं,३१जेठः वल्र्ड टेस्ट च्याम्पियनसिपको उपाधि दक्षिण अफ्रिकाले जितेको छ । शनिबार लर्डसमा भएको फाइनलको चौथो दिन अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो ।

जितका लागि पाएको २ सय ८२ रनको लक्ष्य अफ्रिकाले एक दिन भन्दा बढीको खेल बाँकी छँदै पुरा गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । दक्षिण अफ्रिकाका लागि एडेम मारक्रमले शतकीय पारी खेल्दै १ सय ३६ रन बनाए भने डेविड बेडिनघमले २१ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रनको योगदान दिए ।

अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य पाएको थियो । त्यसअघि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ रन बनाएयता त्यसको जवाफमा दक्षिण अफ्रिकाले १ सय ३८ रन जोडेको थियो ।

 

Related posts

राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शरदलाई वीरगन्जका मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

एनआई कप टि–२० क्रिकेट : ग्लोबल बिजनेसमाथि वीरगन्ज सेन्ट्रलको सहज जीत

MadhesKhabar

स्पेनलाई पेनाल्टि सुट आउटमा हराउदै माेरक्काे विश्वकप फुटबलको क्वाटरफाइनलमा

MadhesKhabar

Leave a Comment