वीरगन्ज,२असाेज:नेपाली राष्ट्रिय किक्रेट टिमका पूर्वखेलाडी शरद भेष्वाकरलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सम्मानित गरेका छन्। क्रिकेटकै गतिविधिमा सहभागी हुन वीरगन्ज आएका भेष्वाकरलाई मंगलबार मेयर सिंहले आफ्नै कार्यकक्षमा बाेलाएर सम्मानित गरेका हुन्।
मेयर सिंहले भेष्वाकरलाई सम्मानपत्र प्रदान गरेर सम्मानित गरेकाे वीरगन्जका किक्रेटर हासिम अन्सारीले जानकारी दिए।
वीरगन्ज आएका भेष्वाकरलाई सम्मान गर्दै मेयर सिंहले आफ्नो अनुभव नेपाली किक्रेट टोलीको उज्ज्वल भविष्यका लागि लगाउन सुझावपनि दिएकाे अन्सारीले जानकारी दिए।

