Madhes Khabar
खेलकुद

स्पेनलाई पेनाल्टि सुट आउटमा हराउदै माेरक्काे विश्वकप फुटबलको क्वाटरफाइनलमा

वीरगन्ज ,२० मंसिर : पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएकाे प्रि-क्वाटरफाइनल खेलमा सन् २०१० काे विश्वकप विजेता स्पेनलाई माेरक्काेले पेनाल्टी सुट आउटमा ३-० ले पराजित गर्दै अन्तिम आठकाे यात्रा तय गरेकाे हाे ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटकाे खेलमा पनि दुवै तर्फबाट गाेल हुन नसकेपछि खेलकाे अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट गरिएकाे हाे ।

अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको हो ।साथै मोरक्को विश्वकपको क्वाटरफाइनल पुग्ने चौथो अफ्रिकन राष्ट्र समेत बनेको छ ।

Related posts

विश्वकप क्रिकेटमा बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जीत

MadhesKhabar

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी

MadhesKhabar

खो खो खेल्न वीरगन्ज महानगरको टोली भक्तपुर प्रस्थान

MadhesKhabar

Leave a Comment