Madhes Khabar
खेलकुद

कोलकत्तालाई हराउँदै सिमरा फाइनलमा

सिमरा,४असोजःभारतको कोलकत्तालाई पराजित गर्दै आयोजक सिमरा भेट्रान क्लब, बाराको सिमरामा जारी चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्तालाई २–० ले पराजित गर्दै आयोजक सिमराले फाइन यात्रा तय गरेको हो ।सिमराको जीतमा दुवै गोल रमेश गुरुङले गरेका हुन् । रमेश नै खेलको प्लेयर अफ दि म्याचपनि घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै दोस्रो सेमिफाइनल खेल भइरहेको छ ।अहिले जारी दोस्रो सेमिफाइनल खेलमा सरस्वती नगर भेट्रान काठमाडौं र ए.बि.सी भेट्रान क्लब पोखरा भिडिरहेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।साभारः ईशिलालेख

Related posts

आइपिएल: हैदराबादमाथि चेन्नईकाे जित

MadhesKhabar

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

साहिब दरबारले जित्याे वीरगन्ज टी-२० सुपर लिगकाे उपाधि

MadhesKhabar

Leave a Comment