Madhes Khabar
खेलकुद

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं,२६ साउन : फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनका लागि साल्मा पारेलुले निर्णायक गोल गरिन् । शुक्रबार हुने अर्को क्वाटरफाइनलमा जापान र स्वीडेनबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।शनिबारल अष्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलम्बिया खेल्नेछन् ।

चार पटकको च्याम्पियन अमेरिका, २ पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । जापान सन् २०११ को च्याम्पियन हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एक मात्र एसियाली टोली हो । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

Related posts

अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलमा आयोजक सिमराको बिजयी सुरुवात

MadhesKhabar

विश्वकप फुटबलको पहिलाे सेमिफाइनलमा आज अर्जेन्टिना र क्राेएसिया भिड्दै

MadhesKhabar

वीरगन्ज र जनकपुरमा जारी जय ट्रफीको पहिलो खेलमै चम्किएका खेलाडीहरू

MadhesKhabar

Leave a Comment