Madhes Khabar
खेलकुद

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं,२६ साउन : फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनका लागि साल्मा पारेलुले निर्णायक गोल गरिन् । शुक्रबार हुने अर्को क्वाटरफाइनलमा जापान र स्वीडेनबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।शनिबारल अष्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलम्बिया खेल्नेछन् ।

चार पटकको च्याम्पियन अमेरिका, २ पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । जापान सन् २०११ को च्याम्पियन हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एक मात्र एसियाली टोली हो । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

Related posts

एनआई कप क्रिकेटमा ग्लाेबल कलेजसंग हार्याे ज्ञानदा एकेडेमी

MadhesKhabar

बिहारका १३ वर्षीय वैभवलाई पौने २ करोड दिएर राजस्थानले किन टोलीमा आबद्ध गर्‍यो ?

MadhesKhabar

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

Leave a Comment