Madhes Khabar
खेलकुद

साहिब दरबारले जित्याे वीरगन्ज टी-२० सुपर लिगकाे उपाधि

वीरगन्ज,१९असाेज:वीरगन्जमा आयाेजित वीरगन्ज टी-२० सुपर लिग सिजन-३ को उपाधि ड्रगन अफ साहिब दरबारले जितेकाे छ।

आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा वीरगन्ज ब्लास्टरलाई ४ विकेटले हराउँदै साहिब दरबारले उपाधि उचालेकाे हाे ।वीरगन्ज ब्लास्टरले दिएकाे ११३ रनकाे लक्ष्य साहिब दरबारले १६.२ ओभरमा केवल ६ विकेटको क्षतिमा भेट्याउँदै उपाधि चुम्याे।उसका लागि मनाेज गिरीले २८,ऋषि सहनीले २५ र सन्ताेष कार्कीले अविजित २४ रन बनाए।

बलिङतर्फ वीरगन्ज ब्लास्टरका लागि अनुज चाैहानले ३ तथा सराजुल अहमदले २ र महमद मेराजले १ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वीरगन्ज ब्लास्टरले निर्धारित १९.१ ओभरमा अलआउट हुदैं ११३ रनमात्र बनाएकाे थियाे।

उसका लागि अनुज चाैहानले ४७ र रुहुल हकले २९ रन बनाए।बलिङतर्फ साहिब दरबारका लागि चन्दन रामले ४ तथा वासिम मन्सुरी र परवेज हुसेनले समान २/२ विकेट लिए ।

 

पर्सा क्रिकेट संघकाे समन्वयमा वीरगन्ज युथ स्पाेर्टस एकेडेमीले आयाेजना गरेकोे प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए ।

Related posts

अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने

MadhesKhabar

स्कटल्याण्ड विरुद्ध नेपालको सानदार जित

MadhesKhabar

राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको किर्तिमानी सफलता ,कुश्ती खेलाडीले जिते ३ स्वर्ण सहित १० पदक

MadhesKhabar

Leave a Comment