Madhes Khabar
खेलकुद

वीरगन्जले जित्याे डुमरवाना गोल्डकप फुटबलको उपाधि

बारा,२३चैत:वीरगन्ज युनाईटेडले तेस्रो डुमरवाना गोल्डकप फुटबल प्रतियाेगिताको उपाधि जितेको छ।शुक्रबार भएको फाईनल खेलमा चितवनकाे भरतपुर फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विरगन्जले उपाधि जितेको हो ।

विरगन्जका अभिषेक चौधरीेले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे। थिए।उपाधिसंगै वीरगन्जले नगद १ लाख ५० हजार रुपैया प्राप्त गरेको छ ।उपविजेतन भरतपुरले भने ७५ हजारमै चित्त बुझाउनु पर्याे।

प्रतियाेगिताकाे समापन समाराेहमा उपाधि विजेता वीरगन्जलाई जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विरगन्ज युनाईटेडकै बिपिन तुम्सिङ मगर म्यान अफ द सिरिज घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक वीरगन्जकै दिलमणी चौधरी, सर्वाधिक गोलकर्ता वीरगन्जकै युवराज खड्का घोषित भए ।

जनमुखी युवा चारपाते क्लबका अध्यक्ष हेम नारायण महतोको अध्यक्षतामा भएकाे समापन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गरेका थिए । चैत १७ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

Related posts

अर्जुन गुप्ताकाे अध्यक्षतामा पर्सा जिल्ला फूटबल रेफ्री संघ गठन

MadhesKhabar

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदरावादका समर्थकको हत्या

MadhesKhabar

सिमरालाई हराउँदै काठमाडौंले जित्याे अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलको उपाधी

MadhesKhabar

Leave a Comment