Madhes Khabar
खेलकुद

सिमरालाई हराउँदै काठमाडौंले जित्याे अन्तर्राष्ट्रिय भेट्रान कप फुटबलको उपाधी

बारा,१३असाेज: फ्रिडम फाइटर भेट्रान क्लब काठमाडौंले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

बाराको सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सिमरा भेट्रान क्लबलाई ३-१ गाेलले पराजित गर्दै काठमाडौंले उपाधी उचालेको हो ।

काठमाडौंलाई उपाधी दिलाउने क्रममा भीमबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले एक एक गोल गरेका हुन्।आयोज सिमराका लागि भने भेषराज लिम्बुले एक गोल गरे ।

उपाधी विजेता काठमाडौंले नगद दुई लाख र उपविजेता सिमराले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिमराका गोपीचन्द भट्ट घोषित भए । विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ताको पुरस्कार उपाधि विजेता काठमाडौंमा विकर्ण श्रेष्ठले जिते।

 

प्रतियोगिताको समापन समाराेहमा उपाधी विजेता उपविजेता टिमलाई मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव, पूर्वप्रदेशसभा सदस्य शोभा लामा, नेपाली कांग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम यादव, कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, कांग्रेसका क्षेत्रीय सभापति लोकेश सिंह, एलएस न्युरो अस्पताल वीरगन्जका सन्चालक रामप्रवेश प्रसाद कुर्मी, प्रतियोगिता संयोजक हरी चौधरी, आयोजक क्लबका अध्यक्ष राजकपुर राउतलगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समाराेहमा भेट्रान खेलाडी गणेश सुनुवारलाई सम्मान गरिएको थियो ।

स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा असोज ७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागिता रहेको थियो ।

Related posts

फेरि अभागी साबित भयाे बेंग्लाेर, ४ विकेटकाे जित हात पार्दै राजस्थान दोस्रो क्वालिफायरमा

MadhesKhabar

डुमरवाना फुटबल कप : वीरगन्ज युथ एकेडेमीको जित

MadhesKhabar

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

MadhesKhabar

Leave a Comment