वीरगन्ज,१५माघःवीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई) कप क्रिकेटको उपाधिका लागि ज्ञानदा एकेडेमी र ग्लोब बिजनेश कलेज भिड्ने भएका छन् ।
नारायणी क्रिकेट मैदानमा मंगलबार भएको सेमिफाइनल चरणका खेलमा जीत हात पार्दै दुवै कलेजले उपाधि भिडन्त पक्का गरेका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा ज्ञानदा एकेडेमीले वीरगन्ज पब्लिक कलेजलाई ९ विकेटले हराएर फाइनलमा स्थान पक्का गरेको हो । वीरगन्ज पब्लिक कलेजले दिएको ६९ रनको लक्ष्य ज्ञानदा एकेडेमीले ७.२ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
यस्तै मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा ग्लोबल बिजनेश कलेजले सेन्ट जेभिष्र्स माविलाई २९ रनले हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो । ग्लोबल बिजनेश कलेजले दिएको ९० रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको सेन्ट जेभियर्सले निर्धारति ११ ओभर खेल्दै ८ विकेटको क्षतिमा ६० रनमात्र बनाएपछि फाइनलमा ग्लोबल बिजनेश कलेज पुगेको हो ।
एनआई कलेजले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ १७ गते बिहीवार हुने एआई कलेजका सञ्चालक मनिया सिंहले जानकारी दिए ।

