Madhes Khabar
खेलकुद

आईपीएलकाे प्लेअफमा पुग्ने पहिलाे टाेली बन्याे काेलकाता

Photo by Saikat Das / Sportzpics for IPL

वीरगन्ज,३०बैशाख:काेलकाता नाइट राइडर्स,इन्डियन प्रिमियर लिग (आईपीएल) काे प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार राति भएकाे खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै काेलकाता प्लेअफमा पुगेकाे हाे।वर्षाले प्रभावित १६ ओभरकाे खेलमा कोलकाताले मुम्बईलाई १८ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।

कोलकाताले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित १६ ओभरमा ८ विकेटको गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि इशन किसनले २२ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । तिलक बर्माले १७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे ।

कोलकाताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।

कोलकाताका लागि वेंकटेश अय्यरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ तथा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।

मुम्बईका लागि जसप्रित बुम्राह र पियुस चावलाले समान २/२ विकेट लिए ।

जित पछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अंक रहेको छ । यस अघि नै यस संस्करणको प्रतियोगिताबाट बाहिरिसकेको मुम्बईको भने १३ खेलबाट खेल्दै ८ अंकका साथ नवौं स्थानमा छ ।

Related posts

दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्डमाथि भारतकाे सानदार जीत

MadhesKhabar

आयोजक सिमरालाई पाखा लगाउँदै पुलिस सेमीफाइनलमा

MadhesKhabar

नेपाली मुक्केबाज अञ्जली तेली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

MadhesKhabar

Leave a Comment