Madhes Khabar
खेलकुद

आईपिएल क्रिकेट : हैदराबादसंग पञ्जाब पराजित

वीरगन्ज, २७ चैत : भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई पराजित गरेको छ । आइतबारराति भएको खेलमा हैदराबादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टाएको हो । त्यसअघि पहिले व्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाएको थियो ।

आईपीएल क्रिकेट अन्तर्गत नै आइतबार साँझ भएको अर्को ेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियो । निकै रोमाञ्चक खेलमा कोलकाताले गुजरातलाई ३ विकेटले हराएको हो ।

अन्तिम ओभरमा जितको लागि २९ रन चाहिएकोमा कोलकाताका रिंकु सिंहले लगातार पाँच वटा छक्का हान्दै टिमलाई जिताए । गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टाउको थियो

Related posts

यू–१९ महिला टी–२० विश्वकप : नेपालले अष्ट्रेलियालाई १३९ रनमै रोक्यो

MadhesKhabar

अर्जुन गुप्ताकाे अध्यक्षतामा पर्सा जिल्ला फूटबल रेफ्री संघ गठन

MadhesKhabar

टी-२० विश्वकपमा आज इटालीसंग भिड्दै नेपाल

MadhesKhabar

Leave a Comment