काठमाडौं,९माघः मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई १३९ रनमै रोकेको छ । मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा बुधबार भइरहेको खेलमा पहिले व्याटिङ गरेको अष्ट्रेलियालाई नेपालले १३९ रनमै रोकेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।उसका लागि काओइमहे ब्रेले ४५ र एलेनोर लारोसाले ३१ रन बनाइन् ।
बलिङ्तर्फ नेपालकीलागि कप्तान पुजा महत्तोले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।
समूह डी म यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्स पुग्न अष्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ । अष्ट्रेलियासँग पराजित भएमा भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

