Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्ज युनाईटेड क्लब सिमरा गाेल्डकपकाे क्वाटरफाइनलमा

वीरगन्ज ,११चैत : वीरगन्ज युनाइटेड क्लब , बाराकाे सिमरामा जारी १३औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रवार बेलुकी भएको खेलमा बागमती युवा क्लब सर्लाहीलाई ३–० ले हराउँदै वीरगन्जले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

वीरगन्जको जीतमा विवेक चौधरीले २ र कृपा चौधरीले १ गोल गरेका हुन् । वीरगन्जले तीन वटै गोल खेलकाे दोस्रो हाफमा गरेको हो ।

खेलमा दुई गोल गरेका विवेक खेलको म्यान अफ दि म्याच घोषित भए । उनले महालक्ष्मी बिकास बैंकद्धारा प्रायोजित १० हजार राशीको म्यान अफ दि म्याच पुरस्कार प्राप्त गरे ।

सेमिफाइनल प्रवेशका अब वीरगन्जले आइतवार साविक बिजेता काठमाडौंकाे न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार भरतपुर फूटबल क्लब चितवन र मकवानपुर ११ बीच खेल हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा बिहिवारदेखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ ।

Related posts

अव्यवस्थित तारहरु ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

सिर्सिया नदीको निरीक्षणपछि मुख्यमन्त्री सिंहले भने : नदीलाई सफा, स्वच्छ र हराभर बनाउन जरुरी छ

MadhesKhabar

आसिफले बनाए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नवौँ अर्धशतक

MadhesKhabar

Leave a Comment