Madhes Khabar
खेलकुद

चेन्नईलाई हराउँदै बेंग्लाेर प्लेअफमा

वीरगन्ज,६जेष्ठ:चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगणलाेर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

चेन्नईकाे एम चिन्नास्वामी स्टेडियममा शनिबार राति भएको खेलमा चेन्नईलाई २७ रनले पराजित गर्दै बेंग्लाेरले प्लेअफमा स्थान पक्का गरेकाे हाे ।

बेंग्लाेरले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रन मात्रै बनायाे ।उसका लागि रचिन रबिन्द्रले ३७ बलमा ५ चौका र ३ छक्काको मदतमा ६१ रन बनाए । त्यस्तै रविन्द्र जडेजाले ४२, अजेन्का रहानेले ३३, महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बलिङतर्फ बेंग्लाेरका लागि यश दयालले २ तथा ग्लेन म्याक्स्वेल, मोहमद सिराज, लोकी फर्ग्युसन र क्यमरुन ग्रिनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बेंग्लाेरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियाे ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले ३९ बलमा ३ छक्का र ३ चौकाको मदतले ५४ रन बनाए । यस्तै विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाए ।

चेन्नईका लागि सार्दुल ठाकुरले दुई तथा मिचेल सेन्टनर र तुषार देशपाण्डेले एक एक विकेट लिए ।

बेंग्लाेर आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्।

Related posts

पर्साबाट पहिलाे पटक कबड्डीकाे राष्ट्रिय रेफ्री बन्न सफल : पटेल र तत्मा

MadhesKhabar

क्यानडा विरुद्ध नेपालकाे लगातार दाेस्राे जीत

MadhesKhabar

नेपाल टी–२० क्रिकेटमा म्याच फिक्सिङ भएको पुष्टि

MadhesKhabar

Leave a Comment