वीरगन्ज,६चैत:सर्लाहीकाे बागमती फुटबल क्लब तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ।
शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा मंगलबार भएको खेलमा चितवनकाे हनामी भरतपुर फुटबल क्लबलाई २-० गाेलले पराजित गर्दै बागमति फुटबल क्लबले सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे।
खेलको पहिलो हाफको २३ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका कपिल मगरले पहिलो गोल गरेर टिमलाई १-०ले अग्रता दिलाए ।यस्तै खेलको ६१ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीकै सुदिप मगरले दोस्रो गोल गरेर आफ्नो टिमलाई २-० काे जीत दिलाए ।
उक्त खेलकाे म्यान अफ दी म्याच बाग्मती फुटबल क्लब सर्लाहीका कपिल मगर घाेषित भए ।उनलाई परवानीपुर गाउँपालिका – ३ लिपनीमाल निवासी राजेश सरार्फले नगद २ हजार १ सय सहित शिल्ड प्रदान गरे ।
बुधबार हुने पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमीबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।
यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने छन् ।
चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बागमती फुटबल क्लब सर्लाही सहभागी छन् ।

