Madhes Khabar
खेलकुद

आईपीएलमा आज दिल्ली र गुजरात खेल्दै

फाइल तस्बिर ।

वीरगन्ज,१२बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दैछन् ।यी दुईबिचको खेल दिल्लीमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनका आठ खेलमध्ये दिल्लीले तीन वटा जितेको छ ।दिल्ली ६ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।त्यस्तै समान आठ खेलमा चार वटा जितेको गुजरात ८ अंकका साथ छैठौँ स्थानमा छ ।

सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजनमा उपविजेता बनेको थियो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०२० मा मुम्बईले उपाधि जित्दा दिल्ली उपविजेता बनेको थियो ।

यसअघि मंगलबाराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो ।

Related posts

वीरगन्जमा जारी प्याब्सन टी–२० क्रिकेट : जीवनज्योति, मनकामना र वीरगन्ज स्कूल विजयी

MadhesKhabar

इन्दु बनिन् महिला टी–२० क्रिकेटमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

MadhesKhabar

एसिया कप : भारत र पाकिस्तान बिचको भिडन्त आज

MadhesKhabar

Leave a Comment