Madhes Khabar
खेलकुद

वुमन्स डे कप क्रिकेट : युगान्डामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं,२५फागुनःवुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

आइतबार भएको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको हो । युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् ।

नेपालले सोमबार हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्ने तालिका छ ।

सबै टोलीले एक–अर्कासँग समान दुई/दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।

Related posts

मंगाेलियाविरुद्ध नेपालको सानदार जित, एउटै खेलमा बनायो चार वटा विश्वकीर्तिमान

MadhesKhabar

दोस्रो परवानीपुर गोल्डकप फुटबलमा आयोजक क्लबकाे विजयी शुरुवात

MadhesKhabar

बंगलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य

MadhesKhabar

Leave a Comment