Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको लगातार दोस्रो हार

काठमाडौं,२माघ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोश्रो हार व्यहोरेको छ । मंगलबार भएको आफनो तेस्रो खेलमा मधेस बागमती प्रदेशसंग ८६ रनले पराजित भएको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको मधेस २९ ओभरमा १०४ रनमै अलआउट भएपछि खेल बागमतीले जितेको हो । मधेसका लागि पवन सर्राफले सबैभन्दा बढी ४५ रन जोडे। उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

बलिङतर्फ बागमतीका बलर सूर्य तामाङ ह्याट्रिकसंगै एक्लैले ६ विकेट लिए ।जारी प्रतियोगितामा तामाङ ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्। प्रतिश जिसी र इशान पाण्डेले २–२ विकेट लिए।

त्यसअघि रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४ बल खेल्न बाँकी छदा १९० रनमा अलआउट भयो। बागमतीका लागि प्रतिश जिसीले ५९ रन जोडे ।बलिङतर्फ मधेसका रुपेश सिंह र अरनिको यादवले २–२ विकेट लिए।

यसअघि सोमबार भएको खेलमापनि मधेस त्रिभुवन आर्मी क्लबसंग १२६ रनले पराजित भएको थियो । पहिलो खेलमा भने मधेसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

Related posts

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा,अष्ट्रेलिया बाहिरियो

MadhesKhabar

भारतले फेरि हरायाे पाकिस्तानलाई,काेहलीकाे सानदार शतक

MadhesKhabar

इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज भारतले जित्याे

MadhesKhabar

Leave a Comment