Madhes Khabar
खेलकुद

भारतले फेरि हरायाे पाकिस्तानलाई,काेहलीकाे सानदार शतक

तस्बिर:आइसिसि।

वीरगन्ज,११फागुन:आईसीसी च्याम्पियन्स ट्रफीमा विराट काेहलीकाे शतकमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ।दुबईमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई हराएको हाे।

पाकिस्तानले दिएकाे २ सय ४२ रनकाे लक्ष्य भारतले ४२.३ ओभरमा केवल ४ विकेट गुमाएर पूरा गर्याे ।भारतका लागि काेहलीले सानदार शतकीय पारी खेले।१११ बल खेलेका उनले एकदिवसीय क्रिकेटमा ५१ ओैं शतक बनाए।यस्तै श्रेयस ऐयरले ५६ र शुभमन गिलले ४६ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा अलआउट भएकाे थियाे । पाकिस्तानका सउद शकीलले ६२, कप्तान माेहम्मद रिजवानले ४६, खुश्दिल शाहले ३८ रन बनाए । भारतका कुलदीप यादवले ३, हार्दिक पान्ड्याले २ विकेट लिए ।

भारतसँगको हारसंगै पाकिस्तान प्रतियाेगिताबाट बाहिरिएको छ।पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ६पटक भेट भएकोमा भारत र पाकिस्तान समान ३/३ खेलमा विजयी भएका छन् । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३६ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५८ खेलमा विजयी भएको छ ।

दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

Related posts

विश्वकपकाे पहिलो म्याच खेल्नुअघि नै भारतलाई झट्का, शुभमन गिललाई डेंगु संक्रमण

MadhesKhabar

वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

MadhesKhabar

मलेसियासंग नेपाल पराजित

MadhesKhabar

Leave a Comment