Madhes Khabar
खेलकुद

मलेसियासंग नेपाल पराजित

काठमाडौं,१२चैत: एएफसी एसीयन कप छनोटमा नेपाल मलेसियासंग पराजित भएको छ। मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले मलेसियासंग २-० ले हारेको हो।

खेलको २९औं मिनेटमा हेक्टर हेभलले गोल गर्दै मलेसियालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि मलेसियाले १ गोल थप गरेको हो।

खेलको ७०औं मिनेटमा आरिफ एमनको पासमा कोरविन वोङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर गरेका हुन्।

 

सन् २०२७ मा साउदी अरेबीयामा हुने एएफसी एसीयन कपको अन्तिम चरणको छनोटमा नेपालले मलेसियासहित भियतनाम र लाओससंग होम एण्ड अवेका आधारमा खेल्नेछ। यस प्रतियोगिताको समूह विजेता टिम एसिया कपमा छनोट हुनेछ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

च्याम्पियन्स अफ लिजेन्ड्स टी–२० : पाकिस्तानले भारतलाई हरायो

MadhesKhabar

काठमाडौंलाई हराउँदै सिमराले जित्यो अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधि

MadhesKhabar

प्लेअफमा पुगिसकेकाे राजस्थान पञ्जाबसंग पराजित

MadhesKhabar

Leave a Comment